काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने देखिएको छ ।
विगतमा फैलिएको यस्तै किसिमका महामारीका कारण विश्व अर्थ बजारमा नै हलचल मच्चाएको थियो । कोरोनाको प्रकोपले सबैभन्दा बढी असर उपभोग र पर्यटन उद्योगमा परेको छ। यसले व्यावसायिक मनोबलमा ठूलो गिरावट ल्याएको छ। भने विश्वव्यापी शेयर बजारमा तीव्र गिरावट देखिएको देखिन थालेको विश्लेशकहरुको भनाइ रहेको छ ।
विश्व बैंकको अध्ययन अनुसार कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ ।
हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २६६३ पुगेको छ । विश्वभर ८० हजारभन्दा बढी कोरोना संक्रमित भएका तथ्यांकमा उल्लेख रहेको छ ।
कोभिड-१९ बाट सङ्क्रमितहरू मध्ये मृत्यु हुनेको सङ्ख्या १ देखि २ प्रतिशत रहेको बताइए पनि डब्लूएचओले मृत्यु दर हालसम्म थाहा भई नसकेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया