विद्रोही सन्त भनेर चिनिने सन्त कविर जन्मिएको बेला धार्मिक पाखण्डको साम्राज्य फैलिएको थियो । त्यहि पाखण्डीहरुको बिरोधमा उत्रिएर उनले धार्मीक विजय हासिल गरे ।
आजभन्दा ६ सय बर्षपूर्व उनको जन्म भएको मान्ने गरिएपनि उनको जन्मलाई लिएर धेरै किंवदन्तीहरु छन् । ओशोको दृष्टिमा वुद्ध र कवीर सबैभन्दा दुई ठूला चिन्तक थिए ।
रवीन्द्रनाथ टैगोरले त सन्त कविरका सयवटा गीत अंग्रेजीमा अनुवाद गरेका थिए ।
१. कुनैपनि सज्जन वा साधुको जात नसोध, उसको ज्ञान सम्झनुपर्दछ ।
२. सधैँ तरवारको मूल्य हुन्छ, त्यसलाई ढाक्ने खोलको होइन ।
३. मन रंगिएको छैन, लुगा मात्र रंगायौं, आत्मभित्रको देवलाई छाडेर मन्दिरभित्रको ढुंगा पूज्न थाल्यौँ ।
४. मानिसको स्वभाव के हुन्छ भने, जब दोस्रोको दोष देख्दछ, तब हाँस्न थाल्छ, तब उनलाई आफ्नो दोष थाहा हुँदैन ।
५. यस संसारमा मानव जीवन मुश्किलले मिल्दछ, यो मानव शरीर त्यस्तै हुन्छ, जसरी वृक्षबाट पात झरेपछि फेरी त्यो जोडिँदैन ।
६. यस संसारमा आएर केवल यति सोच कि, सबैको भलो होस्, यदि संसारमा कसैसँग मित्रता छैन भने, दुश्मनी पनि किन ?
७. जसरी पानीको फोका हुन्छ, त्यसैगरी मनुष्यको शरीर क्षणभंगुर छ, विहान भएपछि सबै तारा लुकेझैँ शरीर पनि एकदिन नष्ट हुन्छ ।
८. यस संसारका व्यक्तिको शरीर पंक्षी बनेको छ, जहाँ उसको मन हुन्छ, शरीर उडेर त्यँही पुग्दछ, सत्य त यो हो कि, जसले जे गर्दछ, उसले त्यहि फल पाउँदछ ।
९. रातलाई निन्द्रामा नष्ट गर्यौँ, सुतिरह्यौँ, दिनमा भोजन गर्ने फुर्सद पनि मिलेन, यो मनुष्यको जन्म हीरा समान बहुमूल्य थियो तर, तिमीले व्यर्थ बनायौँ भने जीवनको मूल्य के रहन्छ ? बस एक कौडी ।
१०. जब म यस संसारमा खराब खोज्न निस्किएँ, तब खराब केही पाइन, जब मैले आफ्नै मनलाई झपारेर हेरेँ, तब म भन्दा खराब कोही पाइन ।
११. ठूला ठूला पुस्तकको ठेली पढेर यस संसारमा कति मान्छे मृत्युको ढोकामा पुगे, तर सबै विद्वान भएनन्, तर कोही प्रेम वा मायाँको केवल अढाई अक्षर राम्ररी पढेर मायाँलाई वास्तविक रुपले चिन्न सके, त्यो नै साँचो र सत्य ज्ञान हो ।
१२. शरीरमा भगवानको वस्त्र धारण गर्नु त सरल हुन्छ, तर मनलाई योगी बनाउन गाह्रो हुन्छ, यदि मन योगी भयो भने सबै सिद्धि सहज हुन्छ ।
१३. जे भोलि गर्नुछ, त्यसलाई आज गर, जुन कुरा आज गर्नुछ, त्यो पनि आज नै गर । कुनैपनि घडीमा तिम्रो जीवन समाप्त हुनेछ, त्यसबेला केही गर्न पाउने छैनौ ।
१४. कुनैपनि कुरा माग्नु मृत्यु बराबर हो, त्यसैले कसैसँग पनि भीख नमाग, आफ्नो पुरुषार्थले स्वयम् यस्ता चिज प्राप्त गर कि, कसैलाई माग्न नै नपरोस् ।
१५. मनलाई स्थिर राख्दा नै सबैकुरा हुन्छ, यदि कुनै मालीले कुनै रुखलाई जतिसुकै गाग्री पानिले सिंचित गरेपनि फल त ऋतु आएपछि नै लाग्ने हो ।
१६. कति व्यक्ति लामो समयसम्म मोतीको माला लिएर हातमा घुमाइरहन्छन्, तर उनीहरुको मनको भाव बद्लिदैन, उसको मनमा जुन हलचल हुन्छ, त्यो शान्त हुँदैन, हातका यी माला घुमाउन छाड, मनलाई मोतीमा बदल्ने प्रयास गर ।
१७. मनलाई नै आफ्नो शिष्य, सेवक बनाउ, यसैलाई ज्ञान उपदेश देउ, अर्थात अरुलाई छाडेर आफ्नै मनलाई ज्ञान विचारले दीक्षित गरी पवित्र बनाउ, यस प्रकार मनलाई आफ्नो वशमा लिनुपर्दछ, सारा संसार उसको शिष्य हुन्छ ।
१८. चञ्चल मनको कुनै स्थिर मत हुँदैन, यसको जुन अज्ञातपूर्ण खराब बानी हुन्छ, स्वअध्ययन साधनाबाट त्यसलाई छुटाउ।
१९. सर्पको दाँतमा विष हुन्छ, झिँगाको टाउकोमा र बिच्छीको पुच्छरमा, तर दुर्जन व्यक्तिको पूरा शरीरमा विष हुन्छ ।
२०. दुख संकटमा पनि साधु पुरुष हतोत्साही हुँदैन,जसरी सुनलाई जति जलाइन्छ, उत्तिनै निखार आउँछ ।
२१. ज्ञानले मात्र के हुन्छ, जब उसको आचारणमा स्थिरता छैन भने, जसरी कागजको महल देख्नसाथ भत्कन्छ, त्यसरी नै आचरण नभएको मानिस शीघ्र पतित हुन्छ ।
२२. जब तिम्रो जन्म भयो, तिमी रोयौ, जगत हाँस्यो, आफ्नो जीवनलाई यसरी जिउनु पर्छ कि, जब तिमी मर्छौ, दुनिया रुन्छ, तिमी हाँस्छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया