वि.सं. २०७६ फाल्गुन १४ गते । बुधबार । इ.स.२०२० फेब्रुवरी २६ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने।सं। ११४० सिल्लागा । फाल्गुन शुक्लपक्ष । तिथी– तृतीया,२६ बजेर ०३ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तरभाद्रपदा,२० बजेर ३० मिनेट उप्रान्त रेवती । योग– साध्य,०८ बजेर २६ मिनेट उप्रान्त शुभ । करण– तैतिल,१२ बजेर ५८ मिनेट उप्रान्त गर,२६ बजेर ०३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि–मिन । काठमाडौंमा सूर्योदय ६ बजेर ३४ मिनेटमा, सूर्यास्त १८ बजेर ०१ मिनेटमा । दिनमान २८ घडी ३६ पला । पञ्चक ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): लामो दुरिको यात्राको लागी समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागी समय फलदायी रहने छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय मध्ययम रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): कार्यक्षेत्रमा केहि कमि कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा आफ्नै कमजोरिले नतिजा अरुतिरै जानेछ । सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । व्यापारमा मन्दी आउँनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछी परिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सि तथा विलाशि वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि बढाउँन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्निविच विस्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ । व्यापारमा लगानि गरी दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): अध्ययनमा आजको दिन मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा लगानी गर्नको लागी केहि समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पति तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउँनेछ । अन्य व्यापारमा मन्दी आउँने भएपनि कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): आफ्नै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): दैनिक खर्च बढ्नाले अर्थ अभावले सताउँन सक्छ । व्यावसायमा लगानी गर्नको लागी केहि दिन कुर्नु नै राम्रो हुनेछ । आफन्त तथा कुटुम्बलाई चाडै विश्वास गर्नाले धोका पाईनेछ । प्रेममा अबिश्वास बढ्ने तथा पतिपत्निबिच शंका उपशंका बढ्नेछ । अध्ययनमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया