काठमाडौं, १६ माघ । नेकपा एमालेले प्रदेश संसदबाट नै मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको छ एमाले स्थायी समितिको बैठकले सर्वसम्मत नभए चुनावबाटै मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको हो एमाले स्थायी समितिको मंगलबारको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । उनले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’वाम गठबन्धनको भागवण्डा अनुसार एमालेले मुख्यमन्त्रीका रुपमा प्रदेश १, ३, ४ र ५ मा संसदीय दलको नेता चयन गर्नेछ । प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता भइसकेका छन् तर, अन्य प्रदेशमा टुंगो लागेको छैन प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन् । वाम गठबन्धनमा दुई प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेकाले माओवादीको संसदीय दलको नेता मुख्यमन्त्री हुनेछन् मुख्यमन्त्री नभएपनि एमालेले संसदीय दलको नेता भने चयन गर्नेछ । प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ भने अर्का नेता जीवन घिमिरेले पनि दाबेदारी पेश गरेका छन् यस्तै प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, सानु श्रेष्ठलगायत मुख्यमन्त्रीको दाबेदार रहेका छन् । प्रदेश ४ को मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङको दाबी छ यसैगरी एमालेले राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुलाई माघ १८ गतेदेखि २१ गतेसम्म तालिम दिने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया