काठमाडौं । भारतको उत्तर पूर्वी दिल्लीका केहि इलाकामा भएको हिंसाका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको खबर भारतीय सञ्चारमाध्याम वेबदुनियाँले खबर प्रकाशित गरेको छ ।
गत आइतवार देखि नै फैलिएको हिंसा आजसम्म पनि तनावपूर्ण रहेको छ । पुलिस प्रशासनले तनावग्रस्त इलाकामा धारा १४४ लागु गरेको छ ।
दिल्लीका हिंसाका कारण भारतीय कांग्रेस बैठक बसिरहेको छ । दिल्लीमा भएको हिंसाका कारण मृत्यु भएका पुलिस हेड कन्सटेवल रतनलालका परिवारले उनलाई शहिद घोषणा गर्नुपर्ने भन्दै धर्ना बसेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया