काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक प्रहरी संगठनमाथि लागेको आरोपबाट मुक्ति पाउन आफै परिवर्तन हुनु्पर्ने बताएका हुन् । उनले ट्राफिक प्रहरी संगठन विश्वमै परिचित भएकाले सबै प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैबाट चलाउनुपर्ने बताए । उनले ट्राफिक प्रहरीमा अनुशासन पालना गर्ने कुरामा अझबढी परिवर्तनको आवस्यकता रहेको समेत बताए । उनले भने ‘अनुशासन पालना गर्ने कुरामा यसमा अझ बढोत्तरी भएर जाओस, हिजो तपाईहरु नदेखेजस्तो गर्नुहुन्थ्यो भने अव चाहिं हामीलाई पनि देखेजस्तो, मेरो हाकिम जस्तो, मेरो गार्जेन जस्तो अनभुति तपाइहरुलाई होस् ।
परिवर्तन हुने कुरामा प्रहरी कर्मचारीले उदाहरणिय काम गरेर प्रहरी संगठनलाई परिवर्तन गराउन सक्ने र ट्राफिक प्रहरीमाथि लाग्ने आरोबाट बँच्न सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया