कसैले नराम्रो नजरले हेर्यो ? अपनाउनुहोस् यस्तो टेक्निक !

काठमाडौं-  तपाईलाई कसैले गलत नजरले हेर्छ ? तपाईलाई अप्ठेरो पार्ने हिसाबले वा तपाईलाई कूदृष्टिले कसैले हेर्छ भने त्यस्तो नजरलाई गिद्धे नजर भनिन्छ । कतिपय अवस्थामा यस्ता हेराईका कारण मानिसहरु विशेषत युवतिहरु निकै हैरानीमा पर्छन् । के तपाई स्वयम् यस्तो गलत दृष्टि सामना गरिरहनुभएको छ ? तर तपाई त्यो मान्छेबाट टाढा रहन चाहानुहुन्छ । अब तपाईको लागि नयाँ जुक्ति छ कि, तपाईले साँहिली औलामा औँठी लगाउँदा गीद्धे नजरबाट जोगिनुहुनेछ ।

साहिँली औलामा औँठी : 
साहिँली औलामा औँठी लगाउनुको अर्थ हो, तपाई कसैसँग सम्बन्धमा हुनुहुन्छ । पक्कैपनि तपाईले लगाएको औँठी देखेर त्यो मानिसमा मनोवैज्ञानिक असर पर्छ । तपाई अरु कसैको मान्छे हो । कार्यालय वा सार्वजनिक स्थानमा हुने दुव्र्यवहारहरु तथा गलत नजरबाट बच्न तपाई तपाईको लागि यो एउटा बलियो उपाय हुन सक्छ । भनिन्छ, सबै समस्याको समाधान औषधी उपचारबाट हुन सक्दैन । त्यसैले यस्ता समस्याबाट बच्न तपाईले अरु टेक्निक पनि अपनाउन सक्नुहुन्छ ।

स्पेस नदिनुहोस् :

कसैले तपाईलाई मन पराउँछ भन्ने थाहा पाउनुभयो तर तपाई उसलाई मन पराउनुहुन्न । मन पराउने र नपराउनेको द्धन्द्ध मेट्न पनि तपाई त्यो व्यक्तिलाई स्पेस दिनुहुँदैन । ठिकै छ,आजलाई के भयो त १ एकैछिन भेट्दैमा के हुन्छ भन्ने सोच्नुभयो भने यो निश्चित छ तपाई जीवन थप जटिलता थप्न चाहँदै हुनुहुन्छ । त्यसैले बेलैमा विचार गरेर यस्ता हर्कत नगर्दा बेस हुन्छ । नत्र तपाईले उसका सामू बेपर्वाह मुस्कुराउनु भएको एक मुस्कानका कारण उसको मनमा अझ तपाईप्रति माया मौलाउन सक्छ । यसमा तपाई सचेत हुने कि !

सम्बन्धमा विकल्प नखोज्नुहोस् : 
प्रिय मान्छेसँग सम्बन्धमा हुनुहुन्छ, भने तपाईले भुलेर पनि विकल्प खोज्नुहुँदैन । यदि एउटा मान्छेको प्रेममा रहेर मष्तिष्कमा अर्को मान्छे सजाउनुभयो भने यो विल्कुलै गलत हुनेछ । यसर्थ तपाईले समुधर सम्बन्धमाविकल्प अप्सन भुलेरपनि नखोज्नुहोस् ।
ठाउँ परिवर्तन गर्नुहोस्  :
यदि तपाई आफ्नो पार्टनरसँग खुसी हुनुहुन्छ । तपाईको मनमा कसैप्रति माया छ । तपाई कसैको खास मान्छे हो, तर तपाईलाई कोही अरुले तपाई कार्यरत क्षेत्रमा दुःख दिएर हैरान पार्यो भने सम्झाउनुहोस्, कठोर बन्नुहोस् साथीभाईको सहयोग लिनुहोस् । यदि यसो गर्दा पनि तपाईको समस्या समाधान भएन भने कार्यालयमा काम गर्ने सिफ्ट परिर्वतन गर्नुहोस्
यसो गर्दापनि तपाईमाथिको अन्याय रोकिएन भने कानूनबारे जानकारी लिनुहोस् । प्रहरीसँग सेयर गरी प्रहरीसँग सहयोग माग्नुहोस् । आखिरमा कार्यालय नै छाड्ने विकल्पबारे सोच्नुहोस् तर गिद्धे नजरीयाबाट जरुर बच्नुहोस् ।

एक्लै भेट्ने काम बन्द गर्नुहोस् वा पुराना यादहरु मेट्नुहोस् :
धेरै भयो भेट नभएको भेटौँ न भनेर श्रीमान्ले श्रीमतीलाई एसिड अट्याक गरेको घटना भएको धेरै भएको छैन के तपाई यस्ता गलत प्रवतिबारे सचेत हुनुहुन्छ त ? हेनुहोस् फूलजस्तो जीवन नर्क बन्न बेर लाग्दैन । तपाईले जिस्कँदै भनेको स साना कुराले अन्तिममा तपाईलाई नै आघात पुर्याउँछ । सकिएको कुरालाई लिएर भेटघाट गर्ने, फोन गर्ने, च्याट गर्ने, गफिने, फोटो भिडियो सेयर गर्ने काम पूर्ण रुपमा बन्द गर्नुहोस् ।

स्थिर मन,एकाग्रता : 
जब तपाईको मन अस्थीर हुन थाल्छ,तपाई यी यस्ता नजरबाट बच्न सक्नुहुन्न । किनकि अस्थिर मनले तपाईलाई झनै जर्जर बनाउँछ । तपाई अर्को मानिसप्रति संयमित व्यवहार गर्न जान्नुहुन्न । त्यसैले एकाग्रता भएर जीवनलाई आफ्नो लय आफ्नै गतिमा अघि बढाउनुहोस् ।

सकारात्मक सोचः

जीवन सकारात्मक सोचले मात्र फूलजस्तो बन्छ । यो स्विकार्नुहोस् तपाई जति धनि बन्नु भयो त्यति नै कठोर, ममता हराएको, निर्दयी, अशान्त बन्दै जानुहुन्छ । त्यसकारण सकारात्मक सोंच सफलताको अनिवार्य सर्त हो । तपार्इंमा पनि यो सोंच जरुरी छ । भन्छन् नि, ‘आफू भलो त जगत् नै भलो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?