राज्यमन्त्रीको सल्लाहकार दावी गर्ने अमृतकुमार घले ‘वलात्कार’ अभियोगमा पक्राउ

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आर्थिक मामिला सल्लाहकार दावी गरिएका अमृतकुमार घलेमाथि बलात्कार आरोपमा अनुसन्धान गरिरहेको छ ।
एक किशोरीलाई बन्धक बनाएर बन्धक बनाएर बलात्कार गरेको अभियोगमा ५२ वर्षीय घले पक्राउ परेका थिए । उनले सिन्धुलीकी १७ वर्षीया किशोरीलाई चार दिन बन्धक बनाएर बलात्कार गरेको आरोप छ ।
घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।
काभ्रेमा काठमाडौँको बस पर्खिरहेकी ती युवतीलाई उनले मोटरसाइकलमा लिफ्ट दिइ काठमाडौँ ल्याएका थिए । तर उनले अनेक प्रलोभन दिएर टोखाको फ्ल्याटमा लगेर बलात्कार गरेका थिए । काठमाडौँ प्रहरीका प्रमुख होविन्द्र बोगटीले उनीमाथि अनुसन्धान भइरहेको बताए ।
मानन्धरको सचिवालयले भने उनी राजनीतिक सल्लाहकार भएनभएकोबारे केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?