प्रधानमन्त्री ओलीलाई अष्टलक्ष्मी शाक्यको आरोपः केक काटेर राजसी शैली अपनाइयो !

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै पार्टीभित्रबाट आलोचना शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा इन्चार्ज अष्ठलक्ष्मी शाक्ले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको भन्ने आरोप लगाउदै आलोचना गरेकी छिन् ।

प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काटेर राजसी शैली अपनाइएकोमा असन्तुष्टि व्यक्त गर्दै आक्रोश पोखेकी हुन् । शाक्यले केक काटेर जन्मदिन मनाउने मौलिक संस्कार नभएको बताउँदै त्यसमा पनि नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरेकी हुन् ।

नेतृत्वको काम गराईले कार्यकर्तामा विचलन आइरहेको तथा सचिवालयका ९ जनाले पार्टी एकतामा कुनै विचलन ल्याउने प्रयत्न नगरेको भन्दै आक्रोश पोखेकी हुन् ।

कार्यकर्तामा विचलन मात्र नभइ निराशा समेत छाएको भन्दै उनले भनिन, “नेताहरुले आफ्नो धरातल बिर्सिएकाले गणतन्त्रमा पनि नेताहरुमा सामन्ती सोचसहित आर्थिक चलखेल बढेको हो । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?