काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो विवाद र केक प्रसंगका विषयमा बोलेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विरोध गर्ने केहि नभएपछि आफ्नो जन्मदिनलाई मुद्दा बनाएको नकरात्मक प्रचार भइरहेको बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले खानेपानी, विजुली पुगेको अवसरमा जनताले खुसी मनाएको बताएका छन् । सोहि बेला आफ्नो जन्मदिन भएकाले जन्मदिन मनाएको बताएका छन् ।
उनले भने–’विजुली, पानी पुगेको नदेख्ने ? तर, जन्मदिन मनाएको भनेर आलोचना गर्ने ? जन्मदिनमा कसैलाई नाच्न पनि नभनेको र कसैलाई केक ल्याउ पनि भनेको थिएन ।‘
‘हिजो नाकाबन्दी भएको बेला चुप बस्ने, नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’ भन्दै मोदी, ओबामाको केक बनाएको हेर्न आग्रह गर्दै उनले गरेको बताए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको बचाउ गरेका छन्।
उनले भने बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन, प्रश्न उठेकाले मात्र राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया