काठमाडौं । सिरियाले गरेको हवाई हमलामा २८ जना टर्कीसको मृत्यु भएको छ । दर्जनौं घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छनु । सिरियाको उत्तर–पश्चिम क्षेत्र इड्लिबमा सिरियाले बिहीबार साँझ गरेको हवाई आक्रमणमा टर्किस सैनिक मारिएका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टर्कीका प्रान्तीय गर्भनर रहमी डुगनले सिरियाको आक्रमणमा आफ्ना सैनिक मारिएको पुष्टि गर्दै कैयन घाइते भएको जनाएका छन् । घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन्।
रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन्। ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ। टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका बीबीसीले खबर प्रकासित गरेको छ ।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सैन्य पोस्टबाट फिर्ता हुन सिरियाली फौजलाई आग्रह गरेका छन् । त्यस तर्फअघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया