मलङ्ग्वामा पेशेवर चोरको आतंक

एसपी यादवर सर्लाही १६ माघ – सर्लाहीको सदरमुकाम मलङ्ग्वास्थित बालमन्दिर चोकमा सोमवार राति ५ पसलमा चोरी भएको छ मलङ्ग्वाका स्थानीय पीडित व्यापारी मन्जर हुसैन मिकरानीका अनुसार  विभिन्न व्यापारीहरुले सञ्चालन गर्दै आएका हार्डवेयर, कस्मेटिक, इलेक्ट्रोनिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको बताए । उनले भने, ‘मेरो कपडा पसलको गोदामको सटर फुटाएर १० थान कम्बल र अन्य लुगा कपडासमेत चोरिएको छ।’ सदरमुकाम मलङ्ग्वाको मुख्य बजार क्षेत्रमा यसरी लाखौँको धनमाल चोरी भएपछि स्थानीय व्यापारीहरु त्रसित भएको मिकरानीले बताए प्रहरीको प्रारम्भिक अनुसन्धानमा करिब २ लाख रुपैयाँ बराबरको माल सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा शाखाका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार चोरीमा संलग्न रहेका आशंकामा केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको र चोरीमा संलग्न रहेका मुख्य अभियुक्तहरु पनि छिटै पक्राउ गर्ने उनले दाबी गरे । उनले, ठाउँ ठाउँमा प्रहरी गस्ती परिचालित रहेको बताए । तर, यस किसिमको संस्थागत चोरी हुनुमा पेशेवर चोर या ाषवनकर्ताहरुको हात हुन सक्ने जानकारी गराए शान्ति सुरक्षाको माग गर्दै बिहान केहीबेर व्यापारीहरुले मलङ्ग्वा बजार बन्द गरेका थिए प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वाल र सर्लाही प्रहरी प्रमुख मसउद आलम खाँले चोरी नियन्त्रणका लागि गस्ती बढाउने तथा चोरीमा संलग्नहरुलाई एक–दुई दिन भित्रै पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि बन्द खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?