चैत ५ भित्रै नयाँ गभर्नर पाउँदै राष्ट्र बैंक

काठमाडौं । आगामी चैत्र ५ गतेभित्र नेपाल राष्ट्रिय बैङ्क नयाँ गभर्नर पाउने भएको छ ।

बिहीवार भएको सञ्चार तथा सूचना मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री युवराज खतिवडाले उक्त कुरा जानकारी गराएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले केही दिन अघि मन्त्री पदबाट रानिनामा दिएसँगै अर्थमन्त्री समेत रहेको डा. युवराज खतिवडाले सरकारको प्रवक्ताको रुपमा मन्त्रालय सम्हाल्दै आएका छन् ।

हालका गभर्नर डा चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल आगामी चैतमा सकिँदैछ । त्यसैअनुसार यति बेला नयाँ गभर्नर को बन्ने भन्ने कुराले वित्तीय क्षेत्रमा यतिखेर चर्चा चलेको छ । साथै नयाँ गभर्नर नियुक्तिको लागि केहि ढिलाइ भएको भन्ने कुरालाई उक्त पत्रकार सम्मेलनमा उद्रृत गर्दै आफूलाई पनि सरकारले अन्तिम समयमा नियुक्ती गरेको भन्दै चैत ५ गतेभित्र नै नयाँ गभर्नर नियुक्त हुने कुरामा ढुक्क हुन अनुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?