काठमाडौं । चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन लागेको बताइएको छ । बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले पाकिस्तानमा हाँस पठाउन लागेको हो ।
एक कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्छ । तर अर्का अनुसन्धानकर्ताले भने सलह नियन्त्रणका लागि हाँसको प्रयोगको प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।
लाखौँ सलहहरूले पूर्वी अफ्रिकामा पनि बालीनाली नष्ट गरिरहेका छन् ।
चीन सरकारले पाकिस्तानलाई सलहविरुद्ध लक्षित कार्यक्रमु तयार गर्न विज्ञहरूको टोली पठाउन लागेको घोषणा गरेको हो । आगामी महिना चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा हाँसहरू सहितको परीक्षण सम्पन्न हुने अधिकारीहरुले बताएका छन् ।
त्यसपछि पाकिस्तानको सिन्ध, बलोचिस्तान र पन्जाब प्रान्तका सबैभन्दा प्रभावित क्षेत्रहरूमा ती हाँसहरू पठाइने छ। यो विषय चिनियाँ सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया