काठमाडौं । उत्तर पूर्वी दिल्लीमा आईतवार देखि शुरु भएको हिंसामा परेर ४२ जनाको मत्यु भएको छ । साथै २०० भन्दा धेरै घाइते भएका छन् ।
घाइतेहरुको दिल्लीका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । आईतवारबाट हिंसाग्रस्त बनेका दिल्लीका बिभिन्न इलाकामा बिहीवार बेलुकादेखि भने शान्ति छाएको छ ।
अहिलेसम्म सरकारले १८ जनाबिरुद्ध एफआईआर मुद्दा दर्ता गरेको छ भने १०६ जनालाई गिरफ्तार गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया