काठमाडौं । कुनैपनि कम्पनीको पूँजि वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ, यसरी कम्पनीको पूँजिको विभाजीत इकाइको दस्तावेजलाई शेयर भनिन्छ ।कम्पनीको पूँजि जम्मा गर्नको लागि शेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई शेयरधनी भनिन्छ । साथै शेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजिको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनी विच करार हुने गर्दछ ।
यसरी शेयर किन्न चाहने व्यक्तिहरुले अब घरमा बसि बसि शेयर कारोवार गर्न सकिने भएको छ । शेयर लगानी गर्ने इच्छा हुँदा हुँदै पनि समयको अभावको कारण मानिसहरुमा शेयर कारोवार गर्न सकिरहेका हुदैनन् । त्यसको लागि अनलाईन शेयर कारोवारले मानिसहरुको समय बचत गर्न मद्धत पुर्याउदछ । दोस्रो बजारमा शेयर किन्न वा बेच्न चाहनेले इन्टरनेटको प्रयोगमार्फत घरमै बसेर आदेश दिन र कार्यान्वयनमा लैजान सक्नेछन्। दिएको आदेश बीचमा रद्द गर्न वा सेयर संख्या तथा मूल्य परिवर्तन समेत आफैले गर्न सकिन्छ। जसले शेयर किन्न वा बेच्नका लागि ब्रोकर कार्यालयमा जानुपर्ने बाध्यता हटिसकेको छ ।
घरबाटै अनलाइन मार्फत यसरी गर्न सकिन्छ शेयर कारोवार
सर्वप्रथम लगानी कर्ताहरुले अनलाइन शेयर खरिद बिक्रिको लागि ब्रोकर मार्फत ‘केवाइसी अपडेट’ गराउनु पर्ने हुन्छ । यदि केवाइसी अपडेट नभएको अवस्थामा भने लगानीकर्ता अनलाइन कारोबारमा जोडिन सक्ने छैनन्। जस अन्तर्गत अनलाईन खाता रोजेका मानिसले मात्र अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
लगानी कर्ताले आवेदन दिइसके पश्चात ब्रोकर कम्पनीले केवाइसी रुजु गरी टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा समाविष्ट गर्नेछन् । भने लगानीकर्ताले ब्रोकर कम्पनीबाट ‘ट्रेडिङ यूआरएल एड्रेस’ प्राप्त गर्न सक्नेछन् ।
साथै उक्त यूआरएल खोलेर ‘फरगेट पासवर्ड’मा क्लिक गर्नुपर्नेछ । त्यसपछि उक्त विन्डोमा आफ्नो युजरनेम र इमेल प्रविष्ट गरि इमेलमा पासवर्ड परिवर्तन गर्ने लिंक उपलव्ध हुनेछ। इमेलमा प्राप्त लिंकमा गई पासवर्ड परिवर्तन गर्नुपर्नेछ।
त्यसपछि ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजरनेम र पासवर्ड प्रयोग गरी टिएमएस ‘समिट’ गर्नुपर्दछ । जसबाट सिस्टम लगिन गर्न सकिनेछ। लगीनका क्रममा वन टाइम पासवर्ड लगानीकर्ताले इमेलमा प्राप्त गर्न सक्नेछन्। सो ओटिपी अर्थात वन टाइम पासवर्ड स्कृनमा राखी लगिन गर्नु पर्ने हुन्छ ।
त्यति गर्दासम्म तपाई कारोवारको लागि नजिक पुगेको हुनुहन्छ । त्यसपछि अर्डर पोष्ट गर्नका लागि बायाँ साइडमा रहेको अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गर्नुपर्दछ । त्यसपछि अर्डर इन्ट्रीको स्कृन खुल्नेछ। सेयर खरिद गर्नेले ‘बाइ’ बेच्नेले ‘सेल’ छान्नुपर्दछ ।
त्यसपछि शेयरको विविध प्रकार आउनेछ । त्यो मध्ये शेयरको प्रकारमा ‘इक्वीटी’ शेयर छनोट गर्नुहोस् । त्यसपछि तपाईले कुन कम्पनीको शेयर खरिद गर्न इच्छुक हुनुहुन्छ उक्त कम्पनी छनोट गर्नुहोस् । त्यसपछि तपाईले सम्बन्धित कम्पनीको विभिन्न आदेशहरु आउनेछन् भने त्यहाबाट शेयर संख्या तथा आफूले चाहेको मूल्य राख्नुहोस् । साथै तपाईले ‘प्लेस अर्डर’ क्लिक गर्नुहोस्। सो क्लिकपछि यदी ‘एमई नट लग’ भन्ने सन्देश आएमा ब्रोकरलाई नै सम्पर्क गर्नुपर्ने हुन्छ । साथै त्यसपछि भने आफ्नो डिएनए लगिन गर्न भन्नुपर्नेछ ।
त्यसपछि तपाईको अर्डर प्लेस भएको सन्देश आउनेछ । साथै अर्डर दिइसकेपछि आफैले त्यही स्कृनमा हेर्न सकिनेछ। अर्डर म्याच भएमा कारोबार सम्पन्न हुनेछ भन्ने अन्यथा त्यो दिनको अन्त्यमा रद्द हुनेछ।
सुचना तथा प्रविधि उच्चतम विकास भएको यो युगमा मानिसहरु धेरै नै व्यस्त रहेका छन् । अनलाईनको कारण धेरै कुराहरुमा कागजी प्रक्रियाहरु हटेर गएका छन् । बैंकमा पैसा लिनको लागि होस वा कुनै विल बुझाउनको लागि मानिसहरु अनलाईन माध्ययम प्रयोग गरिरहेका छन् । त्यस्तै अनलाईन मार्फत शेयर कारोवार गर्न सकिने व्यवस्थाले शेयरमा लगानी गर्न चाहनेहरुको लागि सहजता प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया