पूर्वमन्त्री गोकुल बाँस्कोटाले दिए विजयप्रकाशबिरुद्ध उजुरी

काठमाडौं । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा अदालत पुगेका छन् ।

उनी गाली बेइज्जती मुद्दा लिएर  जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् ।

‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’ उनले फेसबुकमा स्टाटस लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?