प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालबीच शुत्रबार दिउँसो भेट भएको छ । नेपाल प्रधानमन्त्री निवास बालुवाटार प्रचण्डको सन्देश लिएर बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

नेकपामा अहिले विवाद देखिएको छ । सोहि विादको विषयमा ओली बाहेक अन्य शिर्ष नेताहरुबीच प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो । उक्त बैठक पश्चात नेपाल बालुवाटार गएको स्रोतले जनाएको छ ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषयमा नेकपा मत विभाजन भएको छ । ओली राष्ट्रिय सभामा नलैजाने पक्षमा छन भने प्रचण्ड जुनसुकै हालतमा लैजाने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?