काठमाडौं – पछिल्लो समयका यूवाहरुको स्टार नायक अनमोल केसीविरुद्ध उजुरी परेको छ । काठमाडौं प्रहरीमा केसीविरुद्ध ठगीको उजुरी परेको हो । नेपाली चलचित्र ‘धुपौरे’ खेल्न भन्दै उनले पारिश्रमिक लिएर पनि नखेलेपछि उनीविरुद्ध उजुरी परेको हो ।
फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी उनले ५ लाख एडभान्स लिएका थिए ।
फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका हुन् ।
अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।
नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका उनी पछिल्लो समय अत्याधिक रुचाइएका स्टार हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया