मोदीलाई चेतावनी दिँदै नयाँ दिल्लीमा भड्कीएको साम्प्रदायिक हिंसाको विरोधमा बंगलादेशमा प्रदर्शन

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा पछिल्ला दिनमा फैलिएको साम्प्रदायिक हिंसाको विरोधमा बंगलादेशमा प्रदर्शन भएको छ ।
बंगलादेशका केही इस्लामिक पार्टीले दिल्ली हिंसाको विरोधमा देशभर प्रदर्शन गरिरहेको बिबिसीले जनाएको छ । ढाकामा विरोध प्रदर्शन गर्दै इस्लामिक पार्टीका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित बंगलादेश भ्रमण रद्द गर्नसमेत माग गरेका छन् । यदि यसो नभए प्रदर्शनकारीहरुले मोदीको बंगलादेश भ्रमणका क्रममा ढाका विमानस्थलमा ओर्लिनेबित्तिकै विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
मोदीलाई बंगलादेशका राष्ट्रपिता मानिने शेख मुजीबुर रहमानको शताब्दी जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । बंगलादेशका प्रदर्शनकारीहरुले उक्त आमन्त्रण रद्द गर्न माग गरेका भारतिय सञ्चारमाध्यमलाई उदृद गर्दै बिबिसीले लेखेको छ । – बिबिसी

नयाँ दिल्लीमा झडप, हेड कन्सटेवलको मृत्यु
नयाँ दिल्ली आगलागी अपडेट : ४३ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?