देउवाले विभाग गठन गर्नेवित्तिकै काँग्रेसमा फेरि रडाको

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको विषयमा आपत्ति जनाएका छन् ।
सभापति देउवाले शनिवार १३ विभाग गठन गरेका थिए भने ५ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

पर्साको वीरगञ्जमा दुई नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलामा रहेका पौडेल महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै विरोध गरेका हुन् ।

नेता रामचन्द्र पौडेलले मुलुकमा भ्रष्टाचारले व्यप्त भएको काण्डै काण्डमा सरकार फसेको अवस्थामा पनि प्रमुख विपक्षी दलले विरोध किन गर्न सकेन भन्ने प्रश्नको जवाफ आम कांग्रेस नेता कार्यकर्ताले खोज्ने बेला आएको बताए । यस्तै देउवाको कार्यशैलीको पनि खुलेर आलोचना गरे ।
नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम देउवाले केन्द्रीय विभागका प्रमुखमा मनोनयन गरेका थिए ।
यस्तै देउवाले पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम ५ जना केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य समेत मनोनयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?