काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । उक्त ट्रेजरी बिल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको छ । त्यस्तै सो ट्रेजरी मंगलबार परिपक्व हुने आन्तरिक ऋण व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी नविकरण गर्न लागेको हो । राष्ट्र बैंकले गत मंसिर २० गते नवीकरण गरेको आन्तरिक कर्जा संकलन औजार फागुन १९ गते सोमबार नवीकरण गर्ने जनाएको छ । त्यस्तै फागुन २० गते जारी भएपछि सो बिल २०७७ जेठ २० गते परिपक्व हुनेछ । ३ अर्ब १३ करोडमध्ये १५ प्रतिशत रकम अप्रतिस्पर्धी बिडरका लागि आरक्षण गरिएको छ ।
त्यस्तै यसअघि गत फागुन १२ गते जारी गरिएको २ अर्ब २३ करोडको ट्रेजरी बिलमा १० अर्ब ३४ करोड रुपैयाँको आवेदन परेको पनि विभागले जनाएको छ । मंगलबार जारी हुने ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार ३ बजे हुँदै छ ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/03/4_Auction_Notices-2076-11-19.pdf” title=”4_Auction_Notices–2076-11-19″]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया