बजारमा घट्यो लसुनको मूल्य

काठमाडौं । भारतीय लसुन नेपाली बजारमा भित्रिएसँगै नेपाली बजारमा पछिल्लो समय लसुनको मूल्य घटेको पाइएको छ । मित्र राष्ट्र चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएकाले बजारमा मूल्य आकाशिएको थियो । त्यस्तै भारतीय बजारबाट लसुन आयात हुन थालेकाले लसुनको मूल्यमा कमि आउको व्यवसायीहरु बताउछन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो २२० रुपैयाँ कायम भएको थियो । तर कोरोनाको कारण आयात बन्द भएपछि व्यापारीहरुले लसुनको होलसेल मूल्य ७ सय देखि ८ सयसम्म पुर्याएका थिए ।

त्यस्तै पछिल्लो समय भारतीय लसुनको आयातमा सहजता थपिएको छ । जसअनुसार बजारमा चिनिया लसुनको प्रतिकिलो मूल्य ४ सय २० कायम भएको छ । त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो २८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?