काठमाडौं । एडमन्ड हिलारी (सन् १९१९ सन् २००८) विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम दुईमध्येका एक व्यक्ति थिए ।
मे २९ सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र उनले पहिलो पटक एकैसाथ सगरमाथाको सफल आरोहण गरेका थिए । उनको जन्म २० जुलाई सन् १९१९ मा न्युजिल्याण्डमा भएको थियो ।
उनकी पहिली श्रीमती लुई मेरी रोजको विमान दुर्घटनामा नेपालमै सन’१९७५ मा मृत्यु भएको थियो ।
१. मलाई लाग्दछ कि एक राम्रो पर्वतारोहण प्रायः समझदार पर्वतारोहण हुन्छ ।
२. मैले सगरमाथाको आरोहणबाट ठूलो सन्तुष्टि पाएको छु, तर त्यहाँ कुनै शंका छैन कि मेरा सबैभन्दा महत्वपूर्ण चिजहरु विद्यालय र चिकित्सा क्लिनिकहरुका निर्माणहरु हुन् ।
३. मानिसहरुले असाधारण बन्ने निर्णय गर्दैनन्, तिनीहरुले असाधारण चिजहरु गर्ने निर्णय गर्दछन् ।
४. मलाई लाग्दछ कि यो सबै प्रेरणाभन्दा तल आउँदछ, यदि तपाई वास्तवमै केहि गर्न चाहानुहुन्छ भने तपाई त्यसका लागि कडा मिहेनत गर्नुहुन्छ ।
५. सगरमाथामा दोश्रो पटक चढेका मानिस कसैलाई याद छैन ।
६. हामीले पर्वतलाई जितेको होइन, तर आफैलाई जितेको हो ।
७. पहाडको टुप्पोमा पुग्नुभन्दा मानव जीवन धेरै महत्वपूर्ण छ ।
८. जीवन पर्वतारोहण जस्तै छ त्यसैले कहिल्यै तल नहेर्नुहोस् ।
९. तपाई एकदम उचाईमा पुगेको बेला जीवन एकदम दयनीय हुन सक्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया