काठमाडौं । राष्ट्रिय सभागृहमा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने व्यक्ति जुम्लाका भएको खुलेको छ ।
उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।
२० वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारी गरिरहेको बुझिएको छ । गृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभालाई सम्बोधन गरेर फर्कने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया