अमेरिकामा नयाँ युग सुरुः ट्रम्पद्वारा राष्ट्रिय एकताको आह्वान

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी नागरिकहरुलाई आफ्नो मतभेदहरु पन्छाएर एकै परिवार भएर एकजुट हुन आग्रह गरेका छन् आफूले कार्यालय सम्हालेयता पहिलो पटक अमेरिकी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो अपिल गरेका हुन् उनले आफूले भन्ने गरेको अमेरिकालाई फेरि महान् बनाउने विषयमा आफ्नो कार्यकालमा ह्वाइट हाउस अग्रसर रहेको बताए ट्रम्पले अमेरिकी सपना बाँच्न थाल्न यति उपयुक्त समय कहिल्यै नभएको पनि बताए ‘स्टेट अफ द युनियन’ भनिने उक्त सम्बोधनमा उनले आफूले भन्ने गरेका आफ्ना कार्यकालका आर्थिक उपलब्धिबारे बोलेका छन् निकै महत्वपूर्ण मानिने यो सम्बोधन संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा भएको हो जहाँ दुवै सदनका सदस्यहरू उपस्थित भएका थिए अमेरिकी राष्ट्रपतिलाई आफ्नो कार्यकालको पहिलो वर्षमा गरेका परिवर्तनहरूलाई आफ्ना उपलब्धिको रूपमा प्रस्तुत गर्ने अवसरको रूपमा यो सम्बोधनलाई हेरिन्छ यसै सम्बोधनमार्फत राष्ट्रपतिले आउँदो वर्षको कार्यसूचीको पनि एउटा मस्यौदा प्रस्तुत गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?