जब धाराबाट पानीको सट्टा मदिरा आउन थालेपछि…!

काठमाडौं । भारतको केरलास्थित एक अपार्टमेन्ट भवनको धाराबाट पानीको सट्टा मदिरा आउन थालेको छ । अघिल्लो सोमबार अपार्टमेन्टको धाराबाट पानी नभएर बियर, ब्रान्डी र रम मिसिएको तरल पदार्थ आउन थालेपछि अपार्टमेन्टबासी अचम्ममा परेका हुन् ।

धाराबाट मदिराजन्य पदार्थ मिसिएको पानी आउन थालेपछि अपार्टमेन्टबासीलाई खाना पकाउनलगायतका दैनिक कार्य गर्न समेत समस्या भयो । मदिराका लत बसेका मानिसहरु पनि मदिराको प्राप्तीबाट खुसी बन्न सकेनन् किनकी त्यो मदिरामात्र नभएर मदिरा मिसिएको गन्हाउने तरलपदार्थ थियो ।

प्रहरीले केही समयअघि अदालतको आदेशमा ६ हजार लिटर मदिरा बरामद गरी अपार्टमेन्ट भवननजिकै गाडेको थियो । मदिरा गाडिएको ठाउँ इनारनजिकै भएका कारण उक्त मदिरा चुहिएर इनारको पानीमा मिसिएको र अपार्टमेन्टको धारामा इनारको पानी जडान गरिएकाले मदिराजन्य पानी धारासम्म पुगेको हो ।

इनारको पानी सफा हुन कम्तिमा पनि एक महिना लाग्न सक्ने र नगरपालिकाले दिएको पानीले अपार्टमेन्टमा सबैलाई पुग्न मुस्किल हुने हुँदा अपार्टमेन्टबासी अहिले समस्या खेपी रहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?