अन्ततः भ्रमण वर्ष २०२० स्थगित

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।
गत जनवरीदेखि एक वर्षको अवधिमा २० लाख पर्यटक भित्र्याउने गरी सरकारले भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको थियो ।
तर चीनसहित विश्वभर कोरोना भाइरसको त्रास फैलिएपछि त्यसको असर नेपालमा समेत पर्दा पर्यटन क्षेत्र प्रभावित भएको थियो । यसैलाई मध्यनजर गर्दै हालाई भ्रमण वर्ष स्थगित गरिएको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव गरेका छन् । तर नयाँ निर्णय भएको छैन

यसअघि आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?