सरकारले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलायो, नुवाकोटका महेन्द्र पाण्डेको नाम सिफारिस

काडमाडौ । नेपाल सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । उनलाई सरकारले १५ दिनभित्र नेपाल फिर्ता हुन भनेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

ललिता निवास जग्गा प्रकरणमा समेत मुछिएका उनलाई फिर्ता बोलाउनुको कारण खुल्न सकेको छैन।

स्रोतका अनुसार चीनको लागि नयाँ राजदूतमा महेन्द्र बहादुर पाण्डेको नाम सिफारिस गरिएको छ । नुवाकोटका उनी पूर्वपरराष्ट्रमन्त्री समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?