उपराष्ट्रपति पुनद्वारा प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना, भेटपछि ओलीले के भने ?

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना दिएका छन् । बुधवार प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौलाको प्रत्यारोपण गर्न लागेका हुन् ।

उपराष्ट्रपति पुनले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए । साथै सोही क्रममा प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी पूरा भएको उपराष्ट्रपतिलाई जानकारी समेत गराएका थिए ।

उपराष्ट्रपति पुनको शुभकामना पछि ओलीले आफू पूर्ण स्वस्थ भएर देश र जनताको सेवामा समर्पित हुने बताएका थिए ।

भेटघाटका क्रममा उपराष्ट्रपति पुनले नेपालका अस्पतालको सेवा भरपर्दो र गुणस्तरीय रहेको भन्दै ८ वर्षअघि दुवै मिर्गौलामा समस्या आउँदा आफूले पनि विदेश नगएर नेपालमा उपचार गराएको स्मरण गरेका थिए । २०६८ सालमा दुवै मिर्गौलामा समस्या आउँदा पुनको उपचार त्रिवि शिक्षण अस्पतालमै भएको थियो ।

साथै ओलीले नेपालमा नै मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा खुसी व्यक्त समेत गरेका थिए । भने प्रधानमन्त्रीको यस निर्णयबाट जनता पनि खुसी भएको धारणा उपराष्ट्रपति पुनले व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?