प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीको टोलीले गर्ने

काठमाडौं । बुधवार हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालकै डाक्टरहरुको टोलीबाट हुने भएको छ । त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने मिर्गाैला प्रत्यारोपण गर्ने भएको हो । बुधबार हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साझ अस्पताल भर्ना गरिने भएको छ ।

साथै ओलीको मिर्गाैला प्रत्यारोपणमा विदेशी डाक्टरहरुको समेत संलग्नता रहने भन्ने कुरा सोमवार दिउसो ३ बजे बस्ने बैठकबाट मात्र निर्णय हुनेछ ।

युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्। डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ। प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिन्छ।

उक्त कुरालाई उदृत गर्दै ज्ञवालीले भने विदेशी डाक्टर बोलाए पनि प्रत्यारोपणमा नभइ कुनै भवितव्य आएमा पूर्वतयारीको लागि उनीहरुलाई प्रयोग गरिने उनको धारणा रहेको छ ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी गरिएको छ । जसले १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न रहि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?