काठमाडौं । अहिले नेपाली बजारमा सुनको भाउ निकै आकासिएको छ । विश्वभर फैलिएको कोारोनाको त्रासदीले पनि यसको मूल्यमा उतारचढाव भइरहेको छ ।
यसैबीच लाजिम्पाटस्थित पबी ज्वेलरीमा आइतबार राति ८५ लाख ७३ हजार बराबरका सुनचाँदीका गहना र नगद चोरी भएको छ।
८५ लाख ७३ हजार बराबरका सुनचाँदीका गहना र २ लाख ४५ हजार नगद चोरी भएको ज्वेलरी सञ्चालकले बताएको प्रहरीले जनाएको छ। पसलबाट चोरी भएको गहनामा ९८.६८१ तोलाका सुन र ४ सय ३४.२६२ तोला चाँदीका छन्।
ज्वेलरी गुल्मीको रुरुक्षेत्र गाउँपालिका ६ घर भई काठमाडौं मनपा ५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको भएको प्रहरीको भनाई छ । मुख्य सडकसँगै रहेको ज्वेलरीमा चोरी नियोजित तवरले तयारी गरेर गरिएको हुनसक्ने प्रहरीको शंका छ। घटनाबारे अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया