काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि केन्द्रीय विभाग गठन छन् । सभापति देउवाले विभाग गठनलाई निरन्तरता दिएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर भने असन्तुष्ट देखिएको छ । यस अघि पनि सभापति देउवाले विभिन्न १३ वटा विभाग गठन गरिसकेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७ केन्द्रीय विभागहरुको प्रमुखमा देउवाले मनोनयन गरेका हुन् ।
देउवाले विभाजन गरे अनुसार एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै ईश्वरी न्यौपानेलाई महिला विभाग तथा अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेदवारी दिइएको स्रोतले जनाएको छ ।
साथै मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग , केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, तथा हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेदवारी दिइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया