हेर्नुहोस् २०७६ साल फागुन २० गते आजको राशिफल

काठमाडौं ।  वि.सं. २०७६ फागुन २० गते । मंगलवार । इ.स.२०२० मार्च ०३ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फागुन शुक्लपक्ष । तिथी– अष्टमी,०८ बजेर ५२ मिनेट उप्रान्त नवमी । नक्षत्र– मृगशिरा,अहोरात्र । योग– विष्कुम्भ,०८ बजेर ३२ मिनेट उप्रान्त प्रिती । करण– बव,०८ बजेर ५२ मिनेट उप्रान्त बालव,२० बजेर ५५ मिनेट उप्रान्त कौलव ।

आनन्दादिमा राक्षस योग । चन्द्रराशि–वृष,१८ बजेर ३५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ६ बजेर २८ मिनेटमा, सूर्यास्त १८ बजेर ०४ मिनेटमा । दिनमान २९ घडी ०० पला । भौमाष्टमी व्रत। गोरखकाली पूजा। होलिकारम्भ। चीरोत्थान गर्ने दिवस (चीरस्वाय)। माझी समुदायको लडी पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । वुद्धि तथा बाणीको माध्यामले धेरैको मन आफू तिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ ।

गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ ।

सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसी हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछाडि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाजिनेछ ।

तरपनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरिको विदेश यात्राको योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ ।

शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ ।

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेको छ । साँझपख लामो दुरिको यात्रा हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

पुख्र्यौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउँन तपाईको महत्वपुर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ ।

व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ ।

आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । साँझपख धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक स्रोत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ ।

साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । साँझपख भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रतिस्पर्द्धामा विजयको योग रहेको छ भने तपाईको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउदै विजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ती छाउनेछ ।

अन्य व्यापारमा मन्दी आउँने भएपनि कृषि तथा सहकारि व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले अध्ययनमा राम्रो प्रगती गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय तथा भाग्यले साथ दिने हुदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

सूचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । साँझपख यात्राको योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?