काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणको लागि अस्पताल जानुअघि एक भिडियो सन्देशमार्फत् जनताको नाममा सम्बोधन गर्दै आफू उपचारपश्चात ‘थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्,“मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ, आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ।
त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। आगामी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुदैछु।” पहिलोपटक आफूले मृगौला प्रत्यारोपण गर्दा नेपालमा त्यस्तो सुविधान नभएकोले विदेशमा गरेको र यसपटक आफूलाई अझ सहज हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया