९० वर्षीय बुबाको आर्शीवाद लिएर प्रधानमन्त्री अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ९० बर्षीय पिता मोहन प्रसादको आशीर्वाद लिएर त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट साँझ मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गर्नअघि ओलीलाई बुबाले स्वास्थ्य लाभको कामना गरेका थिए ।

आज र भोलि आवश्यक तयारीपश्चात फागुन २१ गते बुधवार उनको दोस्रोपटक मृगौला प्रत्यारोपण गरिने सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
२०६४ साउनमा भारतको एपोलो अस्पतालमा उनको पहिलोपटक प्रत्यारोपण गरिएको थियो ।
नेपालकै अस्पताल, विशेषज्ञ चिकित्सक, उपकरण र उपलब्ध सेवामा विश्वास र भरोसा गरी प्रधानमन्त्रीले स्वदेशमै प्रत्यारोपण गराउन लिएको यस निर्णयले दूरगामी महत्व बोकेको यथार्थ स्पष्ट भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?