मनाङ, १७ माघ- मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन् जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी आधुनिक मिल भने छैन यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहु करु र आलु हुन् उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ, करु पिस्ने गरेको वडार गाउँकी मीनकासी गुरुङले बताइन प्रत्येक गाउँमा एउटा पानीघट्ट रहेको र पानी घट्टकै सहरामा गुजारा चलाएको चामे गाउँपालिकाकी खरीमाया गुरुङले बताइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया