होली पर्व आजबाट सुरु, वसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं । आजबाट मुलुकभर होली पर्व सुरु भएको छ । वसन्तपुर अगाडि विधिवत रुपमा आज चीर उठाएपछि होली पर्व सुरु भएको हो ।

आज बिहानको शुभ साइतमा बाजागाजासहित चीर ठड्याएर सुरु भएको हो । प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ।

सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागु पूर्णिमाका दिन होली पर्व मनाईएको धार्मिक विश्वास छ ।

नेपालको पहाडी क्षेत्रमा फागुन २६ गते होली पर्व मनाइन्छ । तराई क्षेत्रमा भने भोली पल्ट भनाइदै छ ।_फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?