काठमाडौं । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट–थारुवान राष्ट्रिय मोर्चाले गरेको आम हड्तालका कारण जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण कन्चनपुर तथा कैलालीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प छन्। यसको असर पहाडी जिल्लामा समेत परेको छ।
दुबै जिल्लामा बजार, शिक्षण संस्था पनि बन्द छन्।
आफ्ना माग पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा पनि आज र भोलि मोर्चाले आम हडतालको कार्यक्रम घोषणा गरेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया