प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित पूजापाठ

सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपणको कामना गर्दै सप्तरीमा विशेष पुजापाठ गरीएको छ । सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको हो ।

सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अनुष्ठान प्रारम्भ गरिएको हो ।

गरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा पुजा सुरु भएको बताइएको छ ।

मन्दिरका पीठाधीश ठाकुरले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभ तथा दीर्घायुको कामनासहित सुरु गरिएको धार्मिक अनुष्ठानअन्तर्गत दुई दिनसम्म भजनकीर्तन, अष्टयाम, हवनसहित विशेष पूजापाठ गरिने बताए ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?