अक्षय कुमारको चलचित्र ‘ट्वाईलेट’ की प्रोड्युसरलाई ६ महिनाको जेल सजाय

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘ट्वाईलेट’ एक प्रेम कथा र ‘प्याडम्यान’ की प्रोड्युसर प्रेरणा अरोरा फेरि समस्यामा परेकी छन् । बम्बई हाईकोर्टले उनलाई कोर्टको अवमाननाको आरोपमा ६ महिनाको जेल सजाय सुनाएको छ ।

साथै कोर्टले प्रेरण अरोरालाई सजायका लागि मुम्बईको आजाद मैदान पुलिस स्टेशनमा आत्मसमपर्ण गर्न आदेश दिएको छ । भारतीय सञ्चारमाध्यम वेबदुनियाँका अनुसार प्रेरणले बम्बई हाईकोर्टको डिविजन बेन्चबाट अदालतको आदेशबिरुद्ध याचिका दायर गरेकी थिइन् ।

तर कोर्टले सुनुवाईको तारिख २३ मार्चका लागि सारेको थियो । प्रोड्युसरबिरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको छ भने पुलिसहरुलाई अदालतले प्रोड्युसर प्रेरणाले आत्मसमपर्ण नगरेम गिरफ्तार गर्न आदेश दिएको छ ।

प्रेरणालाई वासु भगनानीसँग फिल्म प्याडम्यान र केदारनाथका लागि रकम उधारो लिएको र फिर्ता नगरेको आरोप लागेको थियो । उनलाई लगभग ३१.६० करोड भारतीय रुपैयाँ फिर्ता नगरेको आरोप लागेको हो ।

उनलाई पैसा फिर्ता नगरेको भन्दै मुद्धा परेपछि मुम्बई इकोनोमिक अन्फेन्स विन्गले अरेस्ट गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?