धम्की आएपछि भाजपाका नेता कपिल मिश्रालाई वाई श्रेणीको सुरक्षा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता तथा मोडल टाउनबाट पार्टीको टिकटमा हालै चुनाव लडेका कपिल मिश्रालाई दिल्ली पुलिसले वाई श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ ।

कपिल मिश्रा आफ्नो विवादास्पद बयानलाइ लिएर विवादमा ताएिका थिए । उनलाई दिल्ली हिंसा भड्काउने आरोप लागेको छ । दिल्ली पुलिस मुख्यालयका अनुसार कपिल मिश्रालाई यो सुरक्षा उनलाई आएको धम्कीका आधारमा दिइएको हो ।

साथै पुलिसले आफू माथि कुनै आरोप नलागोस् भन्ने मनशायले सुरक्षा दिएको भारतीय सञ्चारमाध्यम वेबदुनियाँले जनाएको छ । । उनलाई यदि कसैले हमला गर्याे भने पुलिसको लापर्वाहीका कारण उनीमाथि हमला भएको भन्ने आरोप नलागोस् भनेर वाई श्रेणीको सुरक्षा दिएको बताएको छ ।

कपिलका साथै सीलमपूरबाट भाजपा प्रत्याशी रहेका कौशल मिश्रालाई पनि वाई श्रेणीको सुरक्षा प्रदान गरिने बताईएको छ । कौशललाई कुख्यात ग्यांगस्टार नासिरले यो भन्दा अगाडि नै धम्की दिएका थिए ।

दिल्लीमा भएको हिंसाका कारण ४६ जनाको मृत्यु भएको छ भने, दिल्ली पुलिसले ३३४ जनाबिरुद्ध एफआईआर दर्ता गरेको छ । साथै ३३ जनालाई गिरफ्तार गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?