७० वर्षका यी व्यक्ति ४२ वर्ष यता पत्रिकामा हरेक दिन लेख्छन् चिठी, १५ हजार चिठी लेखिसके

काठमाडौं । ब्रिटेनको लिभरपुलमा बस्ने एक ७० वर्षका बर्नी क्यारोल सोशल यस समय सोशल मिडियाका कारण अत्याधिक चर्चामा रहेका छन् ।

उनी ४२ वर्ष यता लगातार एक पत्रिकालाई प्रत्येक विहान एक पत्र लेख्ने गरेका छन् । २५० शब्दवाला उनको चिठीमा आसपासका कम्प्लेनहरु हुन्छन् ।

स्थानीय प्रशासनले ध्यान नदिएका कुराहरुको उनले चिठी मार्फत पत्रिकामा पठाउने गर्दछन् । प्रशासनले उनको चिठीको बेवास्ता गरेपनि उनी पत्रिकामा आफ्ना भनाई समस्यार कम्प्लेन गर्न छोडेका छैनन् ।

पत्रिकाले हप्तामा ३ ४ पटक उनको चिठी प्रकाशित गर्ने गरेको छ । बर्नीले पहिलोपटक सन् १९७८ मा पत्रि लेखेका थिए । त्यसबेला देखि उनी प्रशासनका बिभिन्न कम्प्लेनहरु पत्रिकालाई चिठी मार्फत लेखेर दिने गर्दछन् ।

उनले आफू ब्रिटेनको सबैभन्दा धेरै राय दिने व्यक्ति भएको दाबी गरेका छन् । “मेरो भ्यालु कसैले गरे पनि कसैले नगरेपनि म आफ्नो कुरा भन्न छोड्दिन” एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यामसँगको कुराकानीका क्रममा उनले भनेका छन् ।

उनले आफ्ना छोराछोरी नभएको कारणले पनि पत्र लेख्न समय मिलेको बताएका छन् । उनी आफ्नी श्रीमतीसँगै बस्दछन् र उनलाई आफ्नी श्रीमतीबाट पनि बिभिन्न कुराको जानकारी मिल्ने गरेको उनले बताएका छन् ।

उनले अहिलेसम्म् १५ हजार भन्दा धेरै पत्र लेखेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?