युवराज खतिवडाले दिए अर्थमन्त्रीबाट राजीनामा, फेरि नियुक्त गर्ने तयारी

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् । राष्ट्रियसभाको कार्यकाल सकिएसँगै उनले राजीनामा दिएको हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पेश गरेका छन् । उनको राजीनामा स्वीकृत भएको छ । उनलाई फेरि अर्थमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडाले पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न व्यवस्था छ । पुन नियुक्तपछि बुधबा् सपथ लिने कार्यक्रम रहेको स्रातले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?