काठमाडौं । सुन्दा अचम्म लाग्ने यो घटना केन्याको हो । केन्याको नैनोबीमा एउटा किसानको गाईले घास पराल नखाएर भेडोको मासु खान शुरु गरेको छ । केन्याको काउंटीमा बस्ने किसान चालर्स मेमोबोलियोको घरमा रहेको गाईले भेडोलाई मारेर खाएको हो ।
भेडोलाई गाईले हानीहानी हत्या गरी उसलाई खाएको हो । पछिल्लो समय त्यो गाईले पानी र खाना पनि खाना छोडेको थियो मालिकले खाना दिएता पनि उक्त गाईले खान छाडेको थियो । हाल उसको लागि भोजनको मात्रा बढाए पनि उसको व्यवहार भने बदलिएको छैन ।
डाक्टरहरुले यस घटनालाई लिएर यस्तो असाधरण परिस्थिती आउनुमा गाईको भोजन मा पोषणको कमी हो भनेका छन् । केन्यामा हरीयो घासमा पोषक तत्व कमी भएको हुनाले धेरै जनावरमा यो समस्या आउने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया