दरबारमार्ग बलात्कार काण्ड ढाकछोप आरोपमा तानिए डिएसपी

काठमाडौं, १७ माघ । राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना कसैलाई थाहा नदिइ मिलाएको आरोपमा महानगरीए प्रहरी वृत्त दरबारमार्गका डिएसपी तानिएका छन् । कलात्कारको घटना हुँदा आफु बिदामा भएको बताउँदै आएका डिएसपी तिलक भारतीलाई छानबिनका लागि महानगरीय प्रहरी परिसर काठमाडौं तानिएको छ । डिएरपी भारतीमाथि पनि अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । भारतीको ठाउँमा दरबारमार्ग वृत्तमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन । गत माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवतीमाथि केटासाथी सहिततीन जना युवाले बलात्कार गरेको भन्दै युवतीले उजुरी दिएकी थिइन् । तर, प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले गुपचुप रुपमा बलात्कार जस्तो गम्भीर अपराधको घटना मिलाएको बताइँदै आएको थियो । साथै उक्त घटनामा डिएसपीको पनि भूमिका शंकास्पद भएको भन्दै अनुसन्धानका लागि तानिएको प्रहरी स्रोतको भनाइ छ । यही विषयमा यसअघिनै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन समेत भइसकेको छ । साथै छानबिन समितिले दरबारमार्ग वृत्तका मुद्धा शाखामा कार्यरत सई चन्द्र भण्डारीमाथि समेत मिलेमत्तोको आशंकामा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?