काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक जनाको मृत्यु भएको छ । उनको गत फेब्रुअरी १३ मा मृत्यु भएको डेलीमेलको समाचारमा उल्लेख छ ।
मृतकले हालैमात्रै नेपालको भ्रमण गरेका थिए ।
भ्यालेन्सियाका स्वास्थ्य अधिकारीहरुले ती व्यक्तिको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको पुष्टी गरेका छन् । नेपाल भ्रमणगरेर फर्केपछि ती व्यक्ति बिरामी भएर अस्पतालमा भर्ना भएका थिए ।
अहिलेसम्म ती व्यक्तिको मृत्यु के कारणले भएको थियो भन्नेबारे खुलाइएको थिएन । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया