काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा विभिन्न विभागहरु गठन गरेको विषयमा संस्थापन इतरका नेताहरु असन्तुष्ट भएका छन् ।
विरोधका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेसँगै चिढिएको पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने निर्णय गरेको छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको भेलाले बैठकले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यमा साथ कार्यक्रम राखिएको ठहर गर्दै जिल्ला उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको नेता सिंहले जानकारी दिए ।
१४ औं महिधिवेशनको तिथि मिति तोकिसकेकाले पार्टीमा निर्वाचन आचारसंहिता लागू भइसकेको सिंहले बताए । महाधिवेशनलाई प्रभावित गर्ने कुनै पनि काम अब पार्टीबाटहुनु नहुने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया