प्रधानमन्त्रीको स्वास्थ्य लाभकाे कामना गर्दै चिनियाँ राजदुत यान्छीले गरिन् यस्तो ट्वीट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होय यान्छीले प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले ओलीको स्वास्थ्य लाभको कामना गर्दै सफल शल्यक्रियाको कामना समेत गरेकी छिन् ।
प्रधानमन्त्रीको आज त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गाैलाको शल्यक्रिया भइरहेको छ ।
यसैक्रममा राजदूत यान्छीले ट्वीट गर्दै भनेकि छिन, “सम्माननीय प्रधान मन्त्री के पी ओलीको शल्यक्रियाको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?