काठमाडौं । तीन पटक ओस्कार अवार्ड जीतेका हलिउड स्टार कर्क डगलसले मृत्यु पूर्व आफ्नो पूरा सम्पत्ति लगभग ६.१ करोड डलर अर्थात् नेपाली (७१० करोड) रुपैयाँ फरक फरक संस्थाहरुलाई दान गरेका छन् ।
रोचक कुरा त के छ भने उनका छोरा तथा सुपरस्टार माइकल डगलस सहित परिवारलाई उनको सम्पत्तिमा केहि नमिलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् ।
अहिले सम्म १.१ करोड डलर अर्थात् नेपाली (१२८ करोड) रुपैयाँ कसलाई दिने भन्ने बारे आधिकारिक घोषण भएको छैन । डगलसले आफ्ना छोराका लागि केहि पनि दिएका छैनन् ।
त्यसैले कर्कले २०२० सम्म उनका छोरा माइकल (अभिनेत्री क्याथरिन जेटा जोन्स)का पतिसँग ३०० करोड डलर सम्पत्ति रहेको छ ।
त्यसैले उनले भने मलाई लाग्छ मेरो छोरालाई मेरो सम्पत्तिको आवश्यक छैन । डगलस फाउण्डेशनको वेबसाइटका अनुसार ५ करोड डलर उनको फाउण्डेशनलाई दिइएको छ ।
दान लिनेवालामा सेन्ट लरेन्स युनिभर्सिटी पनि शामिल रहेको छ । उक्त युनिभर्सिटीले अल्पसंख्यक, वञ्चित तथा शोषित वर्गका छात्रछात्राहरुलाई छात्रवृत्ति दिन सक्दछ ।
त्यसका साथै सिनाई टेम्पल कल्वर सिटीका कर्क डगलस थिएटर तथा लरेन्स एन्जिल्समा चिल्ड्रेन हस्पिटललाई पनि दान दिइएको छ ।
माइकलका साथै कर्क डगलसको परिवारमा उनकी दोश्री श्रीमती ऐनी र उनका दुई छोराहरु जोएल र पीटर पनि छन् । ९ डिसेम्बर सन् १९१६मा जन्मिएका कर्क अभिनेता, निर्माता, निर्देशक र लेखक थिए ।
उनले आफ्नो रुसी साम्राज्यमा यहुदी आप्रवासी आमा बुबा र ६ दिदी बहिनीको साथमा घोर गरिबीमा बालापन र किशोरावस्था बिताएका थिए ।
कर्कको निधन १०३ वर्षको उमेरमा भएको थियो । उनलाई एक दयालु दानदाताको रुपमा चिन्ने गरिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया